किन घाटा व्यहोर्दै छ त कपास उद्योग



जंग बहादुर रेउले
घोराही, २४ माघ । व्यवसाय गरेर पैसा कमाउँने सबैको रहर हुन्छ । व्यापार गर्नको लागि सिप, क्षमता र योग्यता चाहिन्छ । हरेक मान्छेले व्यापार तथा व्यवसाय गर्दा नाफा आर्जन गर्ने उद्धेश्यले गरेका हुन्छन् । तर दाङको घोराहीमा रहेको आनन्दानी कपास उद्योगले घाटा व्यहोर्दै आइरहेको छ । पुराना कपडाहरुलाई पेलेर कपास बनाउँने र त्यही कपासबाट सिरक गद्दा, दक्षना, सिरानी, कुसान, चकडी, लमपट र बलिस्ट बनाउँने उद्धेश्यले घोराहीको रतनपुरमा खोलिएको कपास उद्योगले घाटा व्यहोरिरहेको छ ।

उद्योगका सञ्चालक जयप्रकाश पासावानले दाङका टेर्लरबाट फालिएका कपडाका टुक्रा तथा पुरान कपडालाई मेसिनमा पेलेर कपास तयार पार्ने भनेर स्थापना गरिएको उद्योगबाट घाटा व्यहोरेको बताए ।

गत वर्ष पासावानले करिब ३ लाख ५० हजारमा उद्योग सञ्चालनमा ल्याए थिए । तर, सोही वर्ष मुस्किलले करिब २ लाख बराबरको आम्दानी गरेको जानकारी दिए ।

उनले भने नाफा कमाउने उद्धेश्यले उद्योग स्थापना गरेको हो । तर, अझै सम्म लगानी नै उठेको छैन् । रौतहटबाट पैसा कमाउँला भनि दाङ आए । व्यापार ठप्प छ । आम्दानी छैन् उनले दुःख व्यक्त गरे ।
नेपालमा जन्मेको हुनाले नेपालमै केही गर्नुपर्छ भनेर व्यापार गरे तर कमाई भने छैन् । काम गर्ने कर्मचारीलाई कसरी पारिश्रमिकता दिने हो उनले भने । पुराना कपडा पेलेर कपास तयार पारे पनि बजारमा विक्रि गर्न समस्या रहेको बताए ।

आफूले पुराना कपडा प्रति किलो १० देखि १२ रुपैयामा खरिद गर्नुपर्छ । तर, बजारमा प्रति किलो २५ देखि ५५ रुपैया सम्म विक्री हुन्छ । पछिल्लो समयमा ठाउँ ठाउँमा कपास उद्योगहरु सञ्चालनमा आए देखि व्यापार ठप्प रहेको बताए ।

कपास उद्योग जाडो याममा मात्र चल्न छन् । त्यसपछि गर्मी समयमा पुराना कपडा खरिद गर्ने हो । तर, गतवर्ष खरिद गरेको पुरान कपडा तथा टेर्लरका टुक्राहरु अहिले सम्म उद्योगमा थन्किएको छ । यो वर्ष व्यापार शून्य रहेको बताए । काम नचलेर हैरान छ । काम भएको बेला मित्री पाउँदै, मित्री भएको बेला काम पाइदैन् ।

गत वर्षको तुलनामा न्यन व्यापार भएको छ । उद्योगको भाडा १ वर्षमा १२ हजार रुपैंया हो । तर , कसरी तिर्ने हो भन्ने चिन्ना छ उनले भने । व्यापार गरेर नाफा आर्जन गरी घरमा दिने हो । घरमा सबैले आस गरेका होलान् । पैसा कमाएर दिन्छ भनेर तर उल्टै घरबाट पैसा लिएर काम चलाउँनु पर्ने बाध्यताको उनको भनाई थियो । हातमा सिप, क्षमता र दक्षता भएर के गर्नु व्यापार तथा व्यवसाय गर्दा घाटा लाग्छ । उत्पादन बढाउछु भन्दा व्यापार घट्छ । यो सबै नेपालीको कमजोरी हो । अरुले राम्रो काम गरेको देख्न सक्दैन् । त्यसलाई कसरी उल्ट्याउँने भन्ने पक्षमा हिड्ने गरेको उनले बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्