फर्सीको मुन्टा खानुका यस्ता छन् फाइदा



काठमाडौँ । हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरू बताउँछन् । हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

फर्सीको मुन्टा विभिन्न पौष्टिक तत्त्वले भरिएको हुन्छ । हाम्रो स्वास्थ्यको लागि निकै नै लाभदायी हुन्छ । फर्सीको मुन्टा खानाले विभिन्न रोगबाट छुटकारा पाउन सकिन्छ ।

फर्सीको मुन्टोमा भिटामिन ई, सी, ए, बी ६, पोटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस लगायतका खनिज पदार्थ पाइन्छ । युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ र यसले विभिन्न खतरनाक रोग हुनबाट पनि बचाउँछ । 

तपाईँले फर्सीको पातलाई नियमित भोजनमा समावेश गर्नु भएमा उच्च रक्तचाप, कोलेस्ट्रोल, क्यान्सर जस्ता खतरनाक रोगबाट सुरक्षित रहन सकिन्छ ।फर्सीको पातमा एन्टी–अक्सीडेन्ट पाइन्छ । फर्सीको पातमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ । 

जसले आँखालाई स्वस्थ राख्न सहयोग गर्छ । फर्सीको पातमा पाइने फाइबरले शरीरमा भएको क्यान्सर कोशिकाहरूलाई रोक्न सहयोग पुराउँछ । यसको सेवनले प्रजनन क्षमतामा वृद्धि गर्छ । 

फर्सीको पातमा पाइने पोटासियमले तपाईँको पाचन प्रणालीलाई स्वस्थ राख्छ । यस्तै उच्च रक्तचापलाई पनि नियन्त्रण गर्छ । यसमा पर्याप्त मात्रामा भिटामिन सी पाइने भएकाले छालाको सुन्दरता बढाउँछ । मधुमेह रोगबाट राहत पाउनका लागि फर्सीको पातको साग खानु राम्रो हुन्छ । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्