असार ९, काठमाडौँ । टेलिभिजन कार्यक्रम प्रस्तोता रूपा सुनारलाई जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा प’क्राउ परेकी बबरमहलकी एक घरबेटी बुधबार रिहा भएकी छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मुद्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिए ।
यसअघि प्रहरीले प्रधान थरकी ती घरबेटीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धान फाइल जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको थियो । सरकारी वकिलको कार्यालयले घरबेटीविरूद्ध प्रमाण नपुगेको भन्दै मुद्दा फिर्ता गरेको हो ।
आज दिउँसो उनलाई निशर्त रिहा गर्नुपर्ने भन्दै नेवा समुदायका मानिसहरुले सरकारी वकिलको कार्यालय बवरमहल काठमाडौंमा प्रदर्शन गरेका थिए । मन्त्री कृष्णगोपाल श्रेष्ठले महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट उनलाई लिएर गएका हुन् । ती घरबेटीलाई गत (आइतबार) बिहान आफ्नै घरबाट प्र’काउ गरेकी थिइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।