घरधनी प्रधानलाई छुटाउन किन शिक्षामन्त्री श्रेष्ठ आफै प्रहरीकोमा पुगे



काठमाडौँ, । सञ्चारकर्मी  रूपा सुनारलाई  जातका कारण आफ्नो घरको कोठा भाडामा दिन नमानेको आरोपमा प’क्राउ परेकी घरबेटी  सरस्वती प्रधानलाई छुटाउन बुधवार  आफै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए  ।  

महानगरीय प्रहरी वृत्त सिंहदरबारमा मन्त्री श्रेष्ठ पुगेपछि रहोबरमा छाडिएको थियो । दलित भएकै कारण कोठा नदिएको उजुरी रुपाले दिएपछि प्रधान प’क्राउ परेकी थिइन् ।

बुधबारै ती घरधनी रिहाइको माग गर्दै बबरमहलस्थित सरकारी वकिलको कार्यालयअगाडिको सडकमा प्रदर्शन गरिएको थियो ।  दलित अधिकारकर्मीहरूले भने प्रधानलाई छाड्न नहुने भन्दै दबाब दिइरहेका थिए ।

घरधनी सरस्वती प्रधान नेवार समुदायकी हुन् । श्रेष्ठ पनि नेवार समुदायका हुन् । श्रेष्ठ नेवार समुदायको बाहुल्य रहेको क्षेत्रबाट चुनाव जितेका थिए ।प्रधानलाई कोठा नदिएको आधारमा जातीय अवहेलना गरेको अभियोग लागेको थियो । नेवार समुदायको प्रधानप्रति सद्भाव बढ्दै गएको थियो । यही सेन्टिमेन्ट जित्न पनि श्रेष्ठ आफै अघि सरे । उनले प्रधानलाई छुटाउन भूमिका खेले । 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्