काठमाडौँ । सरकारले आन्तरिक उडान खुला गरेको छ। ५० प्रतिशत नबढ्ने गरी सरकारले आन्तरिक उडान खुला गर्ने निर्णय गरेको हो। वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडानको सङ्ख्याको आधारमा उडान पाउनेछन्।
स्वास्थ्यका मापदण्डको पूर्णा पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि कुल उडान सङ्ख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडान सञ्चालन गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने’, सरकारले भनेको छ।
सरकारले आन्तरिक उडान खुला गरेसँगै दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ।सरकारले एकाएक उडान भएको दोहा, स्तानबुलको उडानलाई बढाएर सातामा चार वटा हुने निर्णय गरेको छ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।