पुल नगरपालिकाले बनायाे ,बाटो हामी बनाउँछौ : मन्त्री पाण्डे 



कपिलवस्तु , असार ९ । भौतिक योजना तथा पूर्वाधार मन्त्री सन्तोष पाण्डेयद्वारा कृष्णनगरमा घाेरही पुल उद्घाटन गरिएको छ ।

कृष्णनगर नगरपालिकाले निर्माण गरेको वडा १ मा पर्ने घाेरही नदीमा पुललाई आज लुम्बिनी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री सन्तोष पाण्डेयले उद्घाटन गर्नु भएको हो ।

आर्थिक वर्ष  ०७६/७७ मा बजेट विनियोजन गरी नगरपालिका छितुहनी, सिसहनिया लगायतका आधा दर्जन गाउँलाई मुख्य बजार जोड्ने घाेरही नालाकाे पुल निर्माण गरिएपछि स्थानीयहरू हर्षित भएका छन् । बर्षायाममा शिवानगरकाे श्रीदेवी माविमा पढ्न जाने विद्यार्थीहरुमा उत्साह थपिएको छ ।

मन्त्री पाण्डेयले पनि यो पुल निर्माण नगरपालिकाले गरेको छ अब बाटो मैले बनाइदिने प्रतिबद्धता  गर्नुभएको छ । कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफू अविकसित गाउँलाई सहरसँग जोडेर विकास कार्यलाई तीव्रता दिएको बत्ताउनुभएको । उनले सुरई खोलामा झोलुङ्गे पुल निर्माण गरी डुमई गाउँलाई सहरसँग जोडियो ,साथै चरंगहवा नदी पारीका भारतीय सीमासँग सटेका गाउँलाई सहरसँग जोड्न पनि प्रदेश सरकारसँग पुलका लागि बजेट माग गरी हाल सो पुल निर्माण भइरहेको जानकारी गराए । उद्घाटन कार्यक्रममा स्थानीय समाजसेवी शैलेष प्रताप शाह , प्रह्लाद पाण्डेय, दिनेशचन्द्र गुप्ता लगायत जनप्रतिनिधि र सर्वसाधारणे उपस्थित थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्