भाेली विपक्षी गठबन्धनका दलनिकट विद्यार्थी सङ्गठनहरूले काठमाडौँ उपत्यकामा विरोध प्रदर्शन गर्ने



काठमाडौँ।भएका छन्।

नेपाली काँग्रेस निकट नेवि सङ्घ, माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी), नेकपा एमालेको माधव नेपाल समूहनिकट अनेरास्ववियु, जनता समाजवादी पार्टीनिकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चानिकट अखिल (छैठौं)ले बिहीबार काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गर्न लागेका हुन्।

केपी शर्मा ओली नेतृत्वको सरकारका ‘असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी हर्कत’का विरुद्ध प्रदर्शन गर्न लागिएको ५ विद्यार्थी सङ्गठनका नेताहरूले जानकारी दिएका छन्। नेताहरूले कोरोना भाइरस सङ्क्रमणको अवस्थालाई मध्यनजर गर्दे स्वास्थ्य सुरक्षाको मापदण्ड (सामाजिक दुरी) पालना गरी विरोध प्रदर्शन गरिने बताएका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्