कृष्ण नगर नगरपालिकाका स्वास्थ्य स्वयंसेविका लाई साइकल वितरण



कृष्ण नगर, अषाढ ९ कपिलवस्तु जिल्लाको कृष्ण नगर नगरपालिका का ८२ जना स्वास्थ्य स्वयंसेविका लाई मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत साइकल वितरण गरिएको छ । कृष्ण नगर नगरपालिकामा ११५ स्वास्थ्य स्वयंसेविका रहेको जस्मा ८२ जना लाई वितरण गरिएको र छुटेका लाई आगामी बर्षमा निरन्तरता दिने कुरा कृष्ण नगर नगरपालिका ले जनाएको छ ।

साइकल वितरण कार्यक्रमको बजेट आठ लाख रहेको थियो । कृष्ण नगर नगरपालिका रहेको पुरानो भवनमा साइकल वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश भौतिक योजना तथा पूर्वाधार मंत्री सन्तोष कुमार पाण्डेयले स्वयंसेविका लाई साइकल हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख रजत प्रताप शाहले गाउमा स्वास्थ्य स्वयंसेविका लाई सेवा दिन सजिलो हुने उद्देश्यका साथ साइकल वितरण गरिएको बताए । कार्यक्रममा कृष्ण नगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की, स्वास्थ्य शाखा संयोजक शंकर भट्टराई, मुख्यमंत्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम सिफारिश समिति सदस्य के के गुप्ता, सीता डांगी, समाजसेवी शैलेश प्रताप शाह, कार्यक्रम सहजकर्ता विजय सापकोटा, कृष्ण नगर नगरपालिका का वडाध्यक्ष हरू, लगायत अन्यको उपस्थित रहेको थियो ।

साइकल वितरण पछि स्वास्थ्य स्वयंसेविका हरू गाउँ- गाउँमा सेवा दिन सहज हुने विश्वास व्यक्त गरिन । कार्यक्रम सञ्चालन ईश्वरी प्रसाद पौडेलले गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्