संसदीय व्यवस्थाबाट दिक्क भएका जनता वैज्ञानिक समाजवादका लागि लड्न तयार छन् : वली



हेमन्त वली असार ९, दाङ ।

नेपाल कम्युनिस्ट पार्टी दाङ अन्तर्गत शान्तिनगर–दंगिशरण गाउँपालिकाको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । नेकपाको १०औं केन्द्रीय समितिको पूर्ण बैठक पछि स्थानीयस्तरका गाउँपालिका तथा नगरपालिकाहरुका बैठकहरु चलिरहेको छन् ।

दुवै पालिकाका बैठकमा दाङ जिल्ला सेक्रेटरी प्रदिप वलीले सम्बोधन गरेका छन् । बैठकमा बोल्दै उनले परिस्थितिको असाधारण जिम्मेवारीलाई आत्मसात गर्दै जनतासँग जोडिएर वैज्ञानिक समाजवाद प्राप्तिको बाटोमा दृढतापूर्वक लाग्न निर्देशन गरेका छन् ।

उनले वैज्ञानिक समाजवादी व्यवस्था नै अहिलेको संकटको समाधान भएकोमा जोड दिएका छन् । सेक्रेटरी वलीले संसदीय व्यवस्थाका खराबीबाट दिक्क भएका जनता वैज्ञानिक समाजवादी राज्य व्यवस्था प्राप्तिका लागि जस्तोसुकै जोखिम मोल्न पनि तयार रहेको उनको दावी रहेको छ ।

मन्तव्यकाक्रममा उनले भने,‘हामी शान्तिपूर्ण बाटोबाट अधिकार प्राप्तिको दिशामा दृढ छौं तर राज्य जिम्मेवार हुनुपर्छ ।’ बैठकले ३६ सदस्यीय गाउँपालिका स्तरीय पार्टी समिति चयन गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्