टप फिचर

कविता “थर हैन सोच बदलौँ”

By Thah Online

June 24, 2021

राज कुमार कार्की 

बाटो घाटो मन्दिर होटलमा सगै छौ हामी  ए बि सी सीता गीता सुनुवार बाबुराम कामी।

भन्छौ चार जात छत्तीस वर्णको फूलबारी  जात भातका कुरा गरेर किन गर्छौ सधैँ भरि?

हतियार बनाउने थिए ती काका मचबारीका कामी रम्तेल काकाले सिलाएको जुत्ता लाउथिम रमाएर हामी।

मेरो लुगा सिलाउने थिए ती काका हुन डबले दमाई प्रत्येक दसैँमा गर्धन र पुच्छर लिनुहुन्थ्यो रमाइ रमाइ। 

एउटा कैचि किनिदिनु भन्नु हुन्थ्यो भएपछि तिम्रो  कमाइ  एउटा कैँची दिन पाएको भए लिनुहुन्थ्यो रमाइ रमाइ।

श्रद्धा सुमन छ मेरो आज उहाँहरू सबै जनामा  सानै हुँदा छोडेर जानु भयो सबैले सम्झन्छु मनमा।

विदेशी डलर खान रमाउँछौ दलित भनी थर फेरेर मात्रै हुन्छ त  डा. साहेब अनि।

आरक्षण कोटा नपाएर ब्राह्मण क्षत्रीको छोराछोरी  खाडीमा  दलितहरू विदेशी डलर पाएर सयर गर्दछन् गाडीमा।

जुन जात धर्मका भए पनि मिलेर बसौँ हामी  थर फेरेर मात्रै हुँदैन सोच बदलौँ सबैले दामी।

काटे सबैको उस्तै  नै आउँछ रातो रातो नै हजुर रगत जात भातका कुरा गरेर समाज विभाजन नगरौँ फगत।

धन्यवाद ।