मन्त्री पाण्डेद्वारा सडक बिनाको पुल उद्घाटन, स्थानीय भन्छन् सडक छैन, कसरी पुलसम्म पुग्ने ?



असार १०, कपिलवस्तु । लुम्बिनी प्रदेशका भौतिक योजना तथा पूर्वाधार मन्त्री सन्तोष पाण्डेले कृष्णनगरमा  बिना सडकको पुल उद्घाटन गरेका छन् । कृष्णनगर नगरपालिकाले निर्माण गरेको वडा १ मा पर्ने घोराही नदीमा पुलको मन्त्री पाण्डेले बुधवार उद्घाटन गरेका हुन् ।

आर्थिक वर्ष २०७६/७७ मा बजेट विनियोजन गरी नगरपालिकाको छितुहनी, सिसहनिया लगायतका आधा दर्जन गाउँलाई मुख्य बजार जोड्ने घोराही नालाको पुल निर्माण गरिएको थियो। पुल निर्माण भए पनि सडक नभएकोले गाउँबाट पुलसम्म पुग्न समस्या छ।

पुल निर्माण भएपछि स्थानीयबिच पुल उद्घाटन भए पनि सडक नभएकोले चिन्तित भएका छन्। गाउँलाई जोड्ने सडक छैन पुलसम्म कसरी पुग्ने ? भनी स्थानीयहरूले प्रश्न गरेका छन्। नगर प्रमुख रजत प्रताप शाहले पुल जस्तै सडक निर्माणमा पनि पहल लिनुपर्ने स्थानीयको माग रहेको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले पुल नगरपालिकाले निर्माण गरेको बताउँदै सडक आफूले निर्माण गर्ने प्रतिबद्धता समेत गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्