जसपाको सिरहा क्षेत्र न.१ प्रदेश सभाको कार्यवाहक अध्यक्षमा नेता महतो चयन 



महेश सिंह महतो  १०  असार । जनता समाजवादी पार्टी नेपाल सिरहा क्षेत्र न.१ प्रदेश सभाको कार्यवाहक अध्यक्षमा युवा नेता ललित नारायण महतोलाई चयन गरेको छ । 

हिजो बसेको जसपाको बैठकबाट महतो लाई चयन गरेका हुन् । नेता महतो विगत केही वर्ष देखि सिरहा क्षेत्र न.१ प्रदेश सभाको उपाध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।

नेता महतो सानै उमेर देखि राजनीतिमा सक्रिय व्यक्तिको रूपमा लागेका हुन् विभिन्न राजनीति दलका पार्टीमा आबद्ध हुँदै अहिले जसपा नेपालको राजनीतिमा सक्रिय रूपमा काम गर्दै आएका छन् ।

केही वर्ष देखि अध्यक्षको पद रिक्त रहेको थियो । नेता ललित नारायण महतो लाई  नगर स्तरीय बैठक बसी सर्बसहमतिबाट अध्यक्ष पदको जिम्मेवारी दिएका हुन् । नेता महतोलाई अध्यक्षको कार्यभारको जिम्मेवारी दिँदा दर्जनौँ जसपाको नेताहरूले बधाई तथा सुभकामना व्यक्त गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्