सिचाइ मन्त्री सञ्जय गौतमले दाङमा आएर यस्तो भने



सैघाली खबर,
घोराही २४ माघ।
सिचाइ मन्त्री तथा नेपाली काङ्ग्रेसका प्रभावशालि नेता माननीय सञ्जय गौतामले संविधान कार्यव्यन संगै अवको समय भनेको सम्वृदि र विकासको समय भएको बताउनु भएको छ ।

साथै उहाले अब बन्ने बाम गठबन्धनको सरकारलाई शुभकामना पनि दिनुएको छ ।
त्यस्तै उहाले अहिले नेकपा एमाले तथा माओवादी केन्द्रले पटक पटक लगाउने गरेको कांग्रेसका कारणले सरकार बन्न दिएन भन्ने आरेप मिथ्या भएको दावि गर्नु भयो ।

गौतमले सरकार गठनमा ढिलाई आफूहरुको कारणले नभएको समेत जिकिर गरे । उनले भने,‘तर बिडम्बना हाम्रो कारणले सरकार गठनमा ढिलाई भएको हो भनेर बारम्बार अभियोग लागेको छ, म यही मञ्चबाट भन्न चाहन्छु, हाम्रो कारणले गदा सरकार गठनमा विलम्ब भएको होईन् ।

निर्वाचनको परिणामपछि राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय कि बहुमतीय भन्नेमा विवाद भएकोले हो।’उनले आफूहरुले मात्रै नभएर माओवादी केन्द्रको समेत सहमतिमा एकल संक्रमणीय मतका आधारमा निर्वाचन हुनुपर्छ भनेर अध्यादेश राष्ट्रपतिसमक्ष पेश गरेको स्मरण गराए ।

गौतमले भने,‘हामीले पार्टीलाई केन्द्रविन्दूमा राखेर निर्णय गरेको होईन, हामीले त समावेशी–समानुपातिक प्रणालीलाई सही ढंगले उपयोग गर्नुपर्छ भनेर यसो गरेका हौं, एमाले–माओवादीको विरोधका कारण सरकार गठनमा ढिलाई भएको हो ।’

रिपोर्टस क्लव दाङले आज घोराहीमा गरेको सात्क्षातकार कार्यक्रममा मन्त्री गौतमले यस्तो बतानुभएको हो । अहिलेको सरकारले धमाधम सहिद घोषणा गर्दा भएको आलेचनालाई कसरी लिनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा संकटकालमा मारिएका सबैलाई सम्मान दिन सहिद घोषना गरिएको र यसमा आलोचना गर्नु ठिक नभएको दावि गर्नुभयो ।

। रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको सात्क्षातकार कार्यक्रमको सहजीकरण ध्रुबराज न्यौपानेले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्