टप फिचर

अभियुक्तलाई छुटाउने शिक्षामन्त्री श्रेष्ठलाई तत्काल बर्खास्त गर्न एमालेभित्रै चर्कियो आवाज

By Thah Online

June 24, 2021

काठमाडौँ ।  जातीय विभेदका कारण कोठा नदिएको आरोपमा पक्राउ परेकी घरबेटी सरस्वती प्रधानलाई हिरासतबाट छुटाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट बर्खास्त गर्न एमालेकै भ्रातृ सङ्गठन नेपाल उत्पीडित जातीय मुक्ति समाजले सरकारसँग माग गरेको छ ।

रूपा सुनारलाई कोठा दिने सहमति गरिसकेर जात थाहा पाउनासाथ बहिष्कार गरेको अभियोगमा पक्राउ परेकी काठमाडौँ बबरमहलकी घरधनी सरस्वती प्रधानलाई बुधवार मन्त्री श्रेष्ठ आफैँ महानगरीय प्रहरी वृत्ति (सिंहदरबार) पुगेर हिरासतमुक्त गराई आफ्नो झण्डावाल गाडीमै लिफ्ट लिएर लगेका छन् । विज्ञप्ति हेर्नूहोस