आर्थिक

घट्यो सुनचाँदीकाे मूल्य, कति पुग्याे आज ?

By Thah Online

June 24, 2021

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २ सय रुपैयाँले घटेको हो। बिहीबार छापावाला सुन ९० हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

तेजाबी सुन भने मूल्य प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अघिल्लो दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ७ सय र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसै गरी बुधवार १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य स्थिर रहेको छ।