एन्टी भाइरस निर्माण गरेर अरबौं डलर कमाएका मकाफीद्वारा जेलमा आ’त्महत्या



एजेन्सी । कम्प्युटर र ल्यापटपमा तपाईँ हामीले एन्टी भाइरस राख्ने गरेका छौँ । त्यसमध्ये मकाफी नाम चलेको एन्टीभाइरस हो ।

एन्टी भाइरस माकाफीका निर्माता सफ्टवेयर कम्पनीका मालिक जोन म्याकाफी हुन् । उनले एन्टीभाइरस निर्माण गरेर अरबौँ डलर आर्जन गरे । तर, अमेरिकामा कर छलीको अभियोगमा उनीमाथि कारबाही बढाइयो । स्पेनमा प’क्राऊ परे । स्पेन सरकारले अमेरिकालाई सुपुर्दुगी गर्ने भयो । स्पेनको अदालतले सुपुर्दुगीमा सहमति दिएपछि माकाफीले जेलमै आत्महत्या गरे । उनलाई बचाउन कोसिस भए पनि सफल भए ।

७५ वर्षीय माकाफी पहिलो व्यावसायिक एन्टी भाइरस सफ्टवेयर निर्माता हुन् । उनले अरबौँ डलर आर्जन समेत गरे । अक्टोबर २०२० मा जोन माकाफी स्पेनमा पक्राउ परेका थिए । कर छलीको अभियोगपछि टर्की जान लागेका उनलाई स्पेनमा प’क्राउ गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्