विपक्षी गठबन्धन विरुद्ध आन्दोलन गर्छौं : अखिल



काठमाडौं । नेपाली राजनीतिक संकटतिर उन्मुख हुँदा राजनीतिक दल र तिनका भ्रातृ संगठनले एक अर्का विरुद्ध आन्दोलनको तयारी गरेका छन् ।

बिहीबार विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीका गतिविधि स्वेच्छाचारीतातर्फ अग्रसर भएको भन्दै आन्दोलनको घोषणा गरेकै दिन सत्तारूढ दल निकट अनेरास्ववियुले पनि सडकमा ओर्लने घोषणा गरेको छ ।

सत्तारूढ दल एमालेनिकट अनेरास्ववियुले असार शुक्रबार भृकुटीमण्डमा प्रदर्शन गर्ने भएको छ । निर्दलीय सोच, प्रवृत्तिका विरुद्ध र निर्वाचनको पक्षमा जनमत सिर्जना गर्न आन्दोलनको घोषणा गरिएको अनेरास्ववियुले बताएको छ ।

अनेरास्ववियुले दिउँसो २ बजे भेला भएर निर्दलीय प्रवृतिको वकालत गर्ने गठबन्धन विरुद्ध आन्दोलन गर्ने बताएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्