प्रदेश ५ को मतदान सकियो ,मतगणना ४ बजेदेखि हुने, १० बजेसम्म नतिजा अाउने



सैघाली खबर,
घोराही २४ माघ। प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मतदान तीन बजे सकिएपछि दलहरुसँग छलफल गरेर चार बजेदेखि मतगणना सुरु हुने भएको छ । मत परिणाम आज राति १० बजेसम्म आउने निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

प्रदेश ५ मा राष्ट्रियसभा निर्वाचनको मतदान दाङको कर्मचारी मिलन केन्द्र अगाडि भवनको खुला चौरमा भएको छ । प्रदेश ५ मा ३०५ जना मतदातामध्ये ३०३ जनाले मतदान गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालका रुपन्देहीकी विना पन्त र बाँकेका अहमद साहले मतदान गरेका छैनन् । राष्ट्रियसभा निर्वाचनमा चयन हुने ८ सदस्यमध्ये तीन जना महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । बाँकी ५ सदस्य चयनका लागि मतदान भएको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्