सैघाली खबर
दाङ , २४ माघ । तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेका बाबु टेक बहादुर पाण्डेको बुधवार निधन भएको छ । पाण्डेलाई बुधवार दिउँसो मोटरसाईकलले ठक्कर दिई निधन भएको हो ।
तुलसीपुरको रजौरा स्थित रा ३ प ८७२४ नम्वरको मोटरसाईकलले ठक्कर दिई गम्भिर घाईते भएको पाण्डेको अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि कोहलपुर लैजादा गर्दै बाटोमा निधन भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे पर्न गएको पितृशोक तुलसीपुर उपमहानगरपालिकाले शोक वक्तव्य पारित गरेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।