महायज्ञ भोली एकदिन थप



सैघाली खबर
दाङ , २४ माघ । प्राविधिक शिक्षा सञ्चालन शुरु जकल्याण मावि दुधरासले यही माघ १८ गते देखी २४ गते सम्म सञ्चालन गर्ने भनिएको श्रीमद्भागवत ज्ञानमहायज्ञ भोली विहिवारका लागि एक दिन थप गरिएको छ । दाताहरु थप हुने क्रम वढ्दै गएपछि आयोजकले थप एकदिनका लागि महायज्ञको समय थप गरिएको महायत्र मुल आयोजक समितिका संयोजक तथा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष देवराज विश्वकर्माले जानकारी दिनुभयो ।

महायज्ञको छैठौ दिन मंगलवार र सातौ दिन बुधवार मेघराज रेग्मी १ लाख १ हजार १ सय , मोति प्रसाद पन्थी १ लाख , ११ हजार ५ सय ५५ , लाला बहादुर खड्का १ लाख, ११ हजार १ सय ११ , क्वारी बस्नेत १ लाख १ सय ५ , काशिराम घिमिरे १ लाख १ सय १ रुपैयाँ , अनोद देवकोटा र बबिता देवकोटा १ लाख , ११ हजार १ सय ११ , ऋषिराम रेग्मी नगद ५ हजार ५ सय र जमिन १० लाख रुपैेयाँ बराबरको जग्गा दान गर्नुभएको छ ।

त्यस्तै थलराज पुरीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ , लालबहादुर डाँगी र यादव डाँगीले १ लाख १ सय ५५ , सीता अधिकारीले८ लाख बराबरको जग्गा दान गर्नुभएको छ । त्यस्ते राधा पराजुली १ लाख ५१ ह्जार १ सय ११ , डोरलक्ष्मी रिजाल १ लाख ५ हजार १ सय ५१ , गुरुप्रसाद अधिकारी ‘ठूलो गुरु’ १ लाख २५ हजार १ सय १५ , टिकाराम शर्मा रिजाल २ लाख ५१ हजार , प्रदिप गौतम १ लाख ११ हजार , १ सय ११ , डिल्लीराम गौतम १ लाख ११ हजार १ सय १५ , नारायणी , मधुसुदन कमल , श्रीधर र विष्णु घिमिरे २ लाख १ हजार १ सय १५ , कमला आचार्य १ लाख १ हजार १ सय १ , पतलादेवी , तोरणप्रसाद , शारदा कुमारी घिमिरे १ लाख, १ सय ११ , शालिक र सुभद्रा पौडेल १ लाख ११ हजार १ सय ११ , मधुसुदन , केशवराज , प्रा.डा. गोपिन्द्र, दामोदर , राजेन्द्र र होतराज र प्रमोद पौडेलले संयुक्त रुपमा २ लाख ५१ ह्जार १ सय १ रुपैयाँ , पदम वहादुर डाँगी १ लाख १ हजार १ सय १ , हरिकला उपाध्यायले ५ लाख मुल्य बराबरको जग्गा दान र ८ हजार तुलादान गरी ५ लाख ८ हजार दान गर्नुभएको थियो ।

कुल वहादुर खुलाल र विष्णुप्रसाद खुलाल १ लाख , १ हजार १ सय ११ , गोमा पन्थी , नन्दकला पन्थी , गोपाल पन्थी र नारायण पन्थीले १ लाख १ सय १ , शुकदेव शर्मा अधिकारी र निराकर अधिकारी १ लाख १ सय ५ , कमल पोख्रेल र मन सुवेदीले १ लाख , ११ हजार ५ सय ५५ टिका पौडेलले १ लाख ५० हजार १ रुपैया दान गर्नुभएको छ । त्यस्तै स्थानीय दिलप्रसाद सापकोटा १० हजार १ सय ५५ , मेनका सुवेदी२५ हजार ५ सय ५५ , भुपेन्द्रश्वर गौतमले १५ हजार १५ रुपैयाँ र लालमणि पौडेलले २६ हजार १ सय ५ रुपैया सहयोग गर्नुभएको छ । त्यस्तै महायज्ञमा जिल्ला वाहिरवाट पनि सहयोग उठ्ने क्रम जारी नै रहेको छ । लमजुङ देवप्रसाद गुरुङले १० हजार ५५ र सिचाईमन्त्री सन्जय गौतमले १५ हजार रुपैयाँ महायज्ञ लाई दान गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्