सैघाली खबर
काठमाण्डौ , २४ माघ । माओवादी केन्द्रका बरिष्ठ नेता दीननाथ शर्मा प्रदेश–३ बाट राष्ट्रिय सभामा निर्वाचित भएका छन्। प्रदेश–४ को खुल्ला सदस्य तर्फबाट उम्मेदवारी दिएका शर्मा पहिलो चरणबाटै निर्वाचित भएका हुन्।
तीन खुल्ला सदस्यका लागि ४ जनाको उम्मेदवारी दर्ता भएकोमा माओवादी केन्द्रका शर्मा, एमालेका गणेश तिमिल्सिना र कांग्रेसका सुरेन्द्रराज पाण्डे निर्वाचित भएका छन्।
सोही प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका कृष्ण अधिकारी भने पराजित भएका छन्।
प्रतिनिधि सभा तथा प्रदेश सभामा राष्ट्रिय जनमोर्चाले एमाले–माओवादी केन्द्रसँग तालमेल गरेपनि राष्ट्रिय सभामा भने आफै उम्मेदवारी दिएको थियो।
यो निर्वाचनमा प्रदेश–४ मा राष्ट्रिय जनमोर्चाको पहिलो तथा दोस्रो एकल संक्रमणीय मत नेपाली कांग्रेसको पक्षमा गएको देखिएको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।