राष्ट्रिय सभामा पाँच नं प्रदेशबाट एमाले ४ माओवादी २ कांग्रेस २ विजयी



सैघाली खबर
दाङ, २४ माघ

पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा नतिजा सार्वजनिक भएको छ । यस प्रदेशवाट एमालेका ४, कांग्रेसका २ र माओवादी केन्द्रका २ जना विजयी भएका छन् । जसअनुसार खुला तर्फ एमालेका खिमलाल भट्टराईले रुपन्देही ३ हजार ६ मत , कांग्रेसका दुर्गाप्रसाद उपाध्यायले रुपन्देही २ हजार ४ सय १८ र माओवादी केन्द्रका चन्द्रबहादुर खड्का अर्घाखाँची २ हजार २ सय ८० मतभारका साथ विजयी भएका छन् ।

खुला तर्फ जनमोर्चाका रश्मीराज नेपाली दाङ सय ३८ मतभारका साथ पराजीत भएका छन् । खुलातर्फ एकल सक्रमणीय प्रणालीतर्फ जित्नकालागि १९६८ मत आवश्यक भएपनि पहिलो चरणमा मत पुगेपछि मत सक्रमणीयमा नगएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै दलित सदस्यतर्फ एमालेका रामलखन चमार रुपन्देही पाँच हजार पाँच सय ८ र अपांग तथा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका राजकुमार कुवर रोल्पा पाँच हजार तीन सय ४० मतभारका साथ विजयी भएका छन् । दलिततर्फ कांग्रेसका मैकुलाल बाल्मीकी बाँके दुई हजार तीन सय ७० र अपांग तथा अल्पसंख्यकतर्फ लुटबहादुर खत्री पुर्वी रुकुम २ हजार ५ सय २० मतभारका साथ पराजीत भएका छन् ।

यसअघि महिलातर्फ कांग्रेसका अनिता देवकोटा, एमालेका कोमल वली र मिना बुढा निर्विरोध निवाचीत भएका छन् । ३ सय ५ मतमध्ये ३ सय ३ मत खसेकोमा ११ मत बदर भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए । विजयीहरुलाई विहीवार विहान ८ बजे औपचारिक कार्यक्रम सहित प्रमाणपत्र प्रदान गरिने रावलले जानकारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्