राष्ट्रिय सभा निर्वाचनमा मत परिणाम घोषणा(फोटोफिचर सहित )



अमिता चौधरी
दाङ,२५ माघ

पाँच नम्बर प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा नतिजा सार्वजनिक भएको छ । यस प्रदेशवाट एमालेका ४, कांग्रेसका २ र माओवादी केन्द्रका २ जना विजयी भएका छन । जसअनुसार खुला तर्फ एमालेका खिमलाल भट्टराईले (रुपन्देही) ३ हजार ६ मत, कांग्रेसका दुर्गाप्रसाद उपाध्यायले (रुपन्देही) २ हजार ४ सय १८ र माओवादी केन्द्रका चन्द्रबहादुर खड्का (अर्घाखाँची) २ हजार २ सय ८० मतभारका साथ विजयी भएका छन ।

खुला तर्फ जनमोर्चाका रश्मीराज नेपाली (दाङ) १ सय ३८ मतभारका साथ पराजीत भएका छन । खुलातर्फ एकल सक्रमणीय प्रणालीतर्फ जित्नकालागि १ हजार ९ सय ६८ मत आवश्यक भएपनि पहिलो चरणमा मत पुगेपछि मत सक्रमणीयमा नगएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै दलित सदस्यतर्फ एमालेका रामलखन चमार (रुपन्देही) पाँच हजार पाँच सय ८ र अपांग तथा अल्पसंख्यकतर्फ माओवादी केन्द्रका राजकुमार कुवर (रोल््पा) पाँच हजार तीन सय ४० मतभारका साथ विजयी भएका छन ।
दलिततर्फ कांग्रेसका मैकुलाल बाल्मीकी (बाँके) दुई हजार तीन सय ७० र अपांग तथा अल्पसंख्यकतर्फ लुटबहादुर खत्री (पुर्वी रुकुम) २ हजार ५ सय २० मतभारका साथ पराजीत भएका छन ।

यसअघि महिलातर्फ कांग्रेसका अनिता देवकोटा, एमालेका कोमल वली र मिना बुढा निर्विरोध निवाचीत भएका छन । ३ सय ५ मतमध्ये ३ सय ३ मत खसेकोमा ११ मत बदर भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।
यसै विच, ५ नं. प्रदेश निर्वाचन कार्यालयले सवै विजयी उम्ेदवारहरुलाई प्रमाण पत्र प्रदान गरेको छ । प्रमाणपत्र प्रदान गर्दै निर्वाचन अधिकृत हेमन्त रावलले जनताको चाहना बमोजिम काम गर्न र सफल कार्यकालको शुभकामना दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्