भुटानमा जन्मेर अमेरिकामा रहेका एलबी लाकान्द्रीले गरे सिन्धुपाल्चोक बाढीपीडितलाई सहयोग



मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकका विभिन्न ठाउँहरू अति प्रभावित भए सँगै त्यो आपतकालिन अवस्थामा सबैले सहयोगका हात बढाए ।
सघ , संस्था , व्यक्तिहरू र पार्टीका सङ्गठनहरू   सहयोग लिएर एकताका मेलम्ची जानेको लर्को निकै नै थियो ।

मेलम्चीमा मात्र राहत थुप्रियो , माथि हेलम्बु , चनौटेमा पहिला बाढी पहिरोले बाटो थुनिए पछि सहयोग लिएर जानेहरू मेलम्ची मै सहयोग दिएर फर्केका थिए । अभिनेत्री श्वेता खडकाले भने हेलिकप्टरबाट हेलम्बुमा सहयोग लिएर गएकी थिइन् ।

हेलम्बु , आसपास बाडीपीडितले आफूहरूलाई राहत नपाएको र अति नै आवश्यक भएको समाचारहरू आए सँगै भुटानमा जन्मेर नेपालमा लामो समय बिताएका एलबी लाकान्द्रीले अमेरिकाबाट  बाडीपीडितको लागि आफूले सहयोग सँगै सहयोगको पहल गरेका हुन् ।

सिन्धुपाल्चोक  चनौटे वडा न. ३ मा बाढी पहिरोबाट विस्थापित  सिन्धुपाल्चोक , चनौटे ३. मा १० घरलाई जस्ता पाता साथै प्रत्येक घरमा ६ परिवारको दरले थाल, गिलास , प्रेसर कुकुर , कराइ , बाल्टी ,देखि सबै भाडाकुडाको सेट कार्यवाहक अध्यक्ष दमाई सिङ लामालाई सरु सुनारले हस्तान्तरण गरेकी हुन ।

उक्त राहतको लागि एलबी लाकान्द्रीको पहल र वहाँको सहयोग सँगै पूर्ण भुजेल, मित्रलाल ,दुर्गा लाकान्द्री ,भीम लाकान्द्री ,कर्ण बिस्वा ,कर्ण राई, धन खड्का  राम कोइराला ,गणेश लाकान्द्री पराजुली आमैले सहयोग गर्नुभएको थियो । वडा अध्यक्षले भुटानमा जन्मेर पनि नेपाल र नेपाली प्रतिक्क यो माया र सहयोगको लागि सहयोगी दाताहरूलाई विशेष धन्यवाद दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्