टप फिचर

भुटानमा जन्मेर अमेरिकामा रहेका एलबी लाकान्द्रीले गरे सिन्धुपाल्चोक बाढीपीडितलाई सहयोग

By Thah Online

June 28, 2021

मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकका विभिन्न ठाउँहरू अति प्रभावित भए सँगै त्यो आपतकालिन अवस्थामा सबैले सहयोगका हात बढाए । सघ , संस्था , व्यक्तिहरू र पार्टीका सङ्गठनहरू   सहयोग लिएर एकताका मेलम्ची जानेको लर्को निकै नै थियो ।

मेलम्चीमा मात्र राहत थुप्रियो , माथि हेलम्बु , चनौटेमा पहिला बाढी पहिरोले बाटो थुनिए पछि सहयोग लिएर जानेहरू मेलम्ची मै सहयोग दिएर फर्केका थिए । अभिनेत्री श्वेता खडकाले भने हेलिकप्टरबाट हेलम्बुमा सहयोग लिएर गएकी थिइन् ।

हेलम्बु , आसपास बाडीपीडितले आफूहरूलाई राहत नपाएको र अति नै आवश्यक भएको समाचारहरू आए सँगै भुटानमा जन्मेर नेपालमा लामो समय बिताएका एलबी लाकान्द्रीले अमेरिकाबाट  बाडीपीडितको लागि आफूले सहयोग सँगै सहयोगको पहल गरेका हुन् ।

सिन्धुपाल्चोक  चनौटे वडा न. ३ मा बाढी पहिरोबाट विस्थापित  सिन्धुपाल्चोक , चनौटे ३. मा १० घरलाई जस्ता पाता साथै प्रत्येक घरमा ६ परिवारको दरले थाल, गिलास , प्रेसर कुकुर , कराइ , बाल्टी ,देखि सबै भाडाकुडाको सेट कार्यवाहक अध्यक्ष दमाई सिङ लामालाई सरु सुनारले हस्तान्तरण गरेकी हुन ।

उक्त राहतको लागि एलबी लाकान्द्रीको पहल र वहाँको सहयोग सँगै पूर्ण भुजेल, मित्रलाल ,दुर्गा लाकान्द्री ,भीम लाकान्द्री ,कर्ण बिस्वा ,कर्ण राई, धन खड्का  राम कोइराला ,गणेश लाकान्द्री पराजुली आमैले सहयोग गर्नुभएको थियो । वडा अध्यक्षले भुटानमा जन्मेर पनि नेपाल र नेपाली प्रतिक्क यो माया र सहयोगको लागि सहयोगी दाताहरूलाई विशेष धन्यवाद दिएका थिए ।