आफ्नो आमाका सम्मान गर्दा अरूका आमाका मन दुखाउनेहरू पढेलेखेका हुन सक्दैन



यति बेला काठमाडौँमा जात थाहा पाए पछि कोठा भाडामा नदिने घरबेटी सरस्वती प्रधान र कोठा सानो जात भएकै कारण नपाउने रुपा सुनारको यो घटनाले सामाजिक सञ्जालमा जताततै यही विषयमा आ आफ्ना तर्क , बिचार र कमेन्टले रगडिएको छ ।

एकातिर नेवा सघ सस्था रुपा सुनारले गलत आरोप लगाइन भन्दै आन्दोलन गरेका छन् भने दलित समुदायहरू विभिन्न जिल्लामा समेत शिक्षा मन्त्रीको पुत्ला दहन र राजीनामा माग गर्दै आन्दोलन गरेका छन् । कोटा र कोठाका बहस , आरक्षण लिने अनि दलित भन्यो भनी मुद्दा दर्ता गर्ने ? जस्ता तर्कहरू आइरहेका छन् । सामाजिक सञ्जालमा लेखेका बिचार … राम बिक यस्तो लेख्छन् ….

यो सानो कुरा मनमा लागेका लेखदै छु ।

यदि सबै आमा बाबालाई समान देख्नु हुन्छ भने किन सरस्वती  प्रधान आमालाई मात्र तिमीहरूले सपोटॅ गरेको ! बषौ देखी सरस्वती  आमा जस्ता  पात्रहरूले रुपा सुनारको आमालाई अपमान, विभेद र समाजमा न अटाउने पात्रको रुममा किन  हेरेऊ । जुनसुकै धर्म  होस, जुन सुकै जाती होस, संसारको कुनै पनि कुनामा बसोबास आखिर आमा भने शब्द ठुलो हुन्छ। मलाई लाग्छ सबैको आमाले आफ्नो सन्तानलाई नौ महिना आफ्नो कोखमा राखेर जनम दिएको हुन्छ । आफ्नो सन्तानको माया नलाग्ने आमा सायद यो संसारमा कमी नै छ होला। रुपा सुनारलाई पनि त्यही आमाले जनम दिएको हो । के आफ्नो सन्तानलाई कसैले विभेद गर्दा चित्त नदुखेको होला ।

बषौ देखि आफूले दुःख कष्ट सहेर समाजका कुरीति सँग लडेर डटेर मनमा ठुलो चोट र पिडालाई मुटुमा गाढो पारेर हुर्काएको आफ्नो सन्तानलाई सरस्वती  प्रधान जस्ता आमाले विभेद अनि मान्छे नगनिँदा कस्तो भएको होला। एक चोटि सोच्नु होला । एक दिन येसो त  दिन आउँछ की सरस्वती आमाका छोरा छोरीलाई पनि अरूले विभेद गरनें छन् । अनि थाहा हुन्छ चोट कसरी मुटुमा लाग्छ भनेर।

ठुला जाती भनौदाका मात्र आमा बाबाका मन दुःखने ! अरूको आमाको चाही मन नदुःखने पिडा नहुने जे जसो गर्दा पनि हुने अरूका भावनालाई नबुझ्ने तिमीहरू यो समाजका लागी कोरोना भन्दा ठुलो भाइरस हो।

आफ्नो हजुर बा र हजुर आमाको मान र सममान गर्दा अरूको हजुर बा र आमाको मन दुखाउन पछि नहट्ने तिमीहरू यो समाजका पढी लेखिएको पात्र हुन सक्दैन । तिमीले विभेद गर्दा हुने अनि विभेद नसहनीले आवाज उठाउँदा तिमीहरूको टाउको दुःखने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्