कृषि मन्त्री साहद्वारा आज १८ औ  राष्ट्रिय धान दिवस मनाइँदै 



राजन झा , जनकपुरधाम । आज १८ औ राष्ट्रिय धान दिवस, “धान उत्पादनमा वृद्धि खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” मूल नाराका साथ राष्ट्रिय धान वाली अनुसन्धान कार्यक्रम हर्दिनाथ, धनुषामा आयोजित १८ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०७८ कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश न‌ं. २ का माननीय मन्त्री श्री शैलेन्द्र प्रसाद साह ज्युद्वारा हर्दिनाथमा धान रोपाइ गरेर कार्यक्रम शुभारम्भ गर्नु भयो ।

आजको दिनलाई ” रोपाई महोत्सव ” वा रोपाई दिवसको रूपमा पनि चिनिन्छ । हाम्रो नेपाल , कृषि प्रधान देश भएकाले यहाँ परम्परा देखि नै असार १५ लाई दही चिउरा खाएर मनाउने पनि गरिन्छ ।

नेपालमा २०६२ साल देखि असार १५ लाई धान दिवसको रूपमा मनाउन सुरु गरिएको हो । सरकारले सरकारी स्तरबाट यो दिवस मनाउन पनि ग्रामीण भेगमा किसानहरूले आफ्नै तौरतरिकाले मनाउने गरिन्छ ।

आज जसरी भए पनि हिलो टेक्नु र खेल्नु भन्ने मान्यता रही आएको छ।यस दिन रोपाइलाई पर्वको रूपमा मनाउने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै , छुप छुप गर्दै धान रोप्ने चलन रही आएको छ। नेपाली समाजमा परापूर्व काल देखि नै असार १५ मा चिउरा दही र साउन १५ मा खीर खाने चलन रहेको छ ।

आज असार १५ वर्षकै सबभन्दा लामो दिन मानिने हुँदा हिलोमा गाइने असारे गीतले आजको दिन देखि दिन छोटा र रात लामो हुँदै जाने हिउँदको सुरुवात भयो भने बुझिन्छ ।

हलो गोरुले हिल्याएको खेतको हिलोमा छुपछुप धान रोप्ने , आपसमा रमाउने र हिलो छ्यापछ्याप गरी हिलो खेल्दै अन्न दिने माटोलाई माया गर्ने गर्छन् ।
असारे गीतको माया परती साट्ने समेत आजको दिन प्रयोग भएको देखिन्छ । दही चिउरा सहित आँप जस्ता फलफूल सहित कृषकहरूले आजको दिन खेतमै खाजा खाँदै गीत गाउँदै मनाउने चलन रही आएको छ।

कृषि प्रधान हाम्रो देशमा खाद्य सुरक्षाको प्रमुख आधार रूपमा रहेको धान उत्पादनलाई महत्त्व दिँदै सरकारले असार १५ लाई राष्ट्रिय घान दिवसको रूपमा मनाउन थालेको हो । नेपालमा,धान उत्पादनमा कमी विभिन्न कारणबाट भएको देखिन्छ ।

देशको युवा जनशक्ति विदेश प्लायन हुनु , खेतीयोग्य जमिन जथाभाबी टुक्रिनु एवं घडेरीमा परिणत हुनु , सीमित व्यक्तिहरूको हातमा धेरै जमिनको स्वामित्व रहनु ; उचित सिचाइ व्यवस्थापन नहुनु , अकासे पानीको भरमा पर्नु, उन्नत जातको बीउ बिजन,मल आदिको पर्याप्त मात्रामा उपलब्ध नहुनुका कारणहरू हो ।

राष्ट्रिय स्तरमा नीति एवं कार्यक्रमहरूको विकास गर्दै धान उत्पादन बढाउने तर्फ सबैको ध्यान केन्द्रित हुनु पर्ने देखिन्छ । कृषि मन्त्री साहद्वारा राष्ट्रिय धान दिवसको अवसरमा सबैलाई  शुभकामना  व्यक्त गर्नु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्