समाज भाड्ने  भीम उपाध्यायको उक्साहटमा कोही नलागौँ- दुर्गा पंगेनी



यति बेला काठमाडौँमा जात थाहा पाए पछि कोठा भाडामा नदिने घरबेटी सरस्वती प्रधान र कोठा सानो जात भएकै कारण नपाउने रुपा सुनारको यो घटनाले सामाजिक सञ्जालमा जताततै यही विषयमा आ आफ्ना तर्क , बिचार र कमेन्टले रगडिएको छ ।

एकातिर नेवा सघ सस्था रुपा सुनारले गलत आरोप लगाइन भन्दै आन्दोलन गरेका छन् भने दलित समुदायहरू विभिन्न जिल्लामा समेत शिक्षा मन्त्रीको पुत्ला दहन र राजीनामा माग गर्दै आन्दोलन गरेका छन् । कोटा र कोठाका बहस , आरक्षण लिने अनि दलित भन्यो भनी मुद्दा दर्ता गर्ने ? जस्ता तर्कहरू आइरहेका छन् । सामाजिक सञ्जालमा लेखेका बिचार … धुर्ब पंगेनी यस्तो लेख्छन् ….

रुपा सुनारलाई गलत साबित गर्न भीम उपाध्याय जस्ता विद्वानहरू न्वारान देखिकै बल लगाएर लागि परेको देखिन्छ । दोषी समाज हो, दोषी सोच हो र दोष बरु हाम्रो पुरातन सोचलाई दिऊँ -सरस्वती प्रधानको पक्षमा उत्रेर लेख्ने बेला भीम उपाध्याय हरू विभेद भोगेकी एक जना युवतीको पिडा महसुस गर्नै सक्दैनन् किनभने उपाध्यायहरू जहिले पनि जातीय वरियतामा अग्रस्थानमा थिए र यद्यपि छन् । रुपालाई प्रताडित गरेर पूर्व सचिवले कुन आत्मसंतुष्टी प्राप्त गरीरहेछन त्यो भने ‘पुरातन सोच सम्बन्धी अध्ययनको विषय हुन सक्छ  ।

यो स्ट्याटस पडेपछि भीम उपाध्याय सरले मलाई ब्लक गरेर सोत्तर पारेको कुरा फेसबुकमा लेख्न सक्नुहुन्छ त्यसमा मेरो कुनै चित्त दुखाई हुनेछैन..सिक्न कति बेर लाग्छ? आस्थाको नाममा एउटा मानवले अर्को मानवको अस्तित्व स्विकार्ने शिक्षा प्राप्त गर्न कति समय लाग्छ? मैले मेरा बाउआमा लाई सम्झाउन सकिन भन्ने युवाले जातीय विभेद गलत हो भनेर बा लाई आमालाई सासूलाई सम्झाउन कति समय खर्च गर्‍यो..?

अग्रज र वृद्ध व्यक्ति देखाएर, उनीहरूको अशिक्षा बेचेर, वृद्धहरूको अशिक्षित अवस्था र धार्मिक आस्था बेचेर कुरा बुझ्ने अवस्थामा पुगेका उपाध्यायहरूले समेत हजुरबा हजुरआमाहरूको दुहाई दिँदै जुन विभेद ओकलेका छन् त्यो सर्वथा मानवता विरोधी कुरा हो। यो कुरा रोकिनु पर्छ । 

जुनसुकै जात या थर लेखिएको किन नहोस् उ मानव हो..र मानव केवल मानव हुन्छ, कुनै पनि जातको आधारमा भीम उपाध्यायको बा को आस्था ठुलो र रुपा सुनारको आस्था सानो हुन सक्दैन  । भीम उपाध्यायहरू (सामाजिक सञ्जालका अराजक प्रयोगकर्ताहरू) यौटा युद्ध चाहन्छन् र त्यो युद्धको परिणाममा सबैलाई हराएर आफ्नो वर्चस्व चाहन्छन् । जातीय द्वन्द्व चाहन्छन् ।

धेरै प्रयास गरे उनीहरू नेवार र सुनार बिच लडाइँ होस भनेर तर धन्य हो हाम्रो समाज की त्यसो भएन.. हरेक दिन द्वन्द्व बढाउने र दलित समुदाय जिस्क्याउने अनि नेवार समुदाय उक्साउने मनसायले भीमजी ४-६ पोस्ट गर्नुहुन्छ…याद गरौँ वहाँहरू कुनै समय सरकार चलाउनुहुन्थ्यो.. !! सचिव -या नि-विशिष्ट श्रेणीको मान्छे हुनुहुन्थ्यो वहाँ !

यस्तो दुर्गन्धित सोच बोकेका मान्छे बाट चलेको सिस्टम कस्तो थ्यो र त्यहाँ कुन किसिमको समानता थ्यो होला तपाई हामी अनुमान गर्न सक्छौँ ! जतिसुकै बुढो किन नहोस्—पुरानो किन नहोस् यदि उसले बोकेको सोच गलत छ भने-उसको आस्था गलत छ भने सुधारौँ!मान्छे मान्छे बिच विभेद नगरौँ- समाज भाँडेर आफ्नो पुरातन सोचको वर्चस्व कायम गर्न चाहने भीम उपाध्यायहरूको उक्साहटमा नलागौँ—जात या थरको आधारमा आफू जस्तै अर्को कुनै मानव प्रति विभेद गर्नु घोर पाप हो यत्ति बुझौँ !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्