राष्ट्रिय सभा चुनावमा वाम गठबन्धनलाई दुई तिहाई



सैघाली खबर
काठमाडौं ,२५ माघ

राष्ट्रियसभा सदस्यका लागि हिजो भएको निर्वाचनको सबै परिणाम आएको छ । वाम गठबन्धनले दुई तिहाई सिट जितेको छ। कूल ५९ सदस्यमध्ये ५६ सदस्यका लागि भएको निर्वाचनमा वाम गठबन्धनले कूल ३९ सदस्यजित्न सफलभएको छ।

एमालेले सबैभन्दा बढी २७ सदस्य जितेको छ । दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमामाओवादी केन्द्र रहेको छ । कांग्रेसले १३ र माओवादीले १२ सिट जितेको छ ।एकल संक्रमणीय मतका आधारमा भएको निर्वाचनबाट कांग्रेसलाई कम्तिमा ६ सिट फाइदाभएको छ ।

राजपार संघिय समाजवादी फोरमले २ २ सिट जितेका छन् । बाँकी ३जनाअब राष्ट्रपतिले मनोनयन गर्नुहुनेछ । प्रदेशनम्बर १माएमाले ५, कांग्रेस २, माओवादी केन्द्र १ सिटजितेको छ । प्रदेशनम्बर २माराजपा २, फोरम २, कांग्रेस २, एमाले १, माओवादी केन्द्र १ सिटजितेको छ ।

त्यस्तै प्रदेश नम्बर ३माएमाले ५, कांग्रेस २, माओवादी केन्द्र १ सिट जितेको छ भने प्रदेश नम्बर ४माएमाले ३, कांग्रेस ३, माओवादी केन्द्र २ सिट जितेको छ । प्रदेश नम्बर ५ माएमाले ४, कांग्रेस २, माओवादी केन्द्र २ ले जितेको छ । प्रदेश नम्बर ६माएमाले ५, माओवादी केन्द्र ३ र प्रदेश नम्बर ७कूल संख्या ८ एमाले ४, माओवादी केन्द्र २, कांग्रेस २ सिट जितेको छ । निर्वाचित राष्ट्रियसभाका सदस्यहरुको अब सपथ भएपछि कार्यभार सम्हाल्नेछन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्