सैघाली खबर,
दाङ २५ माघ ।
नेपाल संस्कृत विश्वबिद्यालय जनता बिद्यपीठमा एएचए तेस्रो बर्ष सकाएर जान लागेका बिद्यार्थीहरुलाई बिदाई गरिएको छ । माओवादी केन्द्र निकट बिद्यार्थीसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन दाङले पढाई सकेर गृह जिल्ला जान लागेका बिद्यार्थीहरुलाई एक कार्यक्रम गरि विदाई गरेको हो ।
क्रान्तिकारी दाङका सहसंयोजक सुवास बस्नेतको अध्यक्षता तथा माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष राम बहादुर दहित ‘अञ्जान’को प्रमुख आतिथ्य एबं जिल्ला ईञ्चार्ज सन्तोष पोख्रेलको बिशिष्ट आतिथ्यमा कार्यक्रम गरि बिदाई गरिएको हो ।
अध्ययनको शिलशिलामा दाङमा रहदा बिद्यार्थी आन्दोलनमा महत्वपुर्ण भुमिका निर्बाह गरेका तिर्थ राज अधिकारी, प्रमिला अधिकारी, पुष्पा तिवारी, हरिश वली, नम्रता चौधरी, यमनाथ रिजाललाई बिदाई गरिएको हो । झापा, रुकुमलगायतका जिल्लाबाट अध्ययनमा आएका ती बिद्यार्थीहरुले तीन बर्ष सम्म अध्ययनको शिलशिलामा दाङमा रहदा संगठन सुधारका लागि महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै प्रशांसा पनि गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अञ्जानले संगठनमा जिल्ला तथा ईकाईमा रहेर निर्बाह गरेको भुमिका अबिस्मरणीय रहेको समेत वताएका थिए । उनले आउदा दिनमा बिद्यार्थीको हक हितका पक्षमा निरन्तर आवाज उठाउन पनि आग्रह गरेका थिए । कार्यक्रममा बिशिष्ट अतिथि पोख्रेलले विदाई भएर जाने बिद्यार्थीहरुलाई सम्बन्ति जिल्लामा पनि बिद्यार्थी आन्दोलनलाई जोड्न मद्धत गर्ने वताएका थिए ।
विदाई कार्यक्रममा संगठनका केन्द्रीय सदस्य दुर्गा बिक, बिद्यार्थी नेता प्रकाश वली, विदाई भएर जानेहरुको तर्फबाट तिर्थराज अधिकारीले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण उपाध्यक्ष मदन जिएमले गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।