सैघाली खबर,
बलिउड अभिनेत्री कंगना रनावट बिहे गर्ने मुडमा पुगेकी छिन् । तर, यो वर्ष होइन, अर्को वर्षको फेब्रुअरीमा । अर्थात्, कंगनाले आफूले सन् २०१९ को फेब्रुअरीभित्र बिहे गरिसक्ने उद्घोष गरेकी छिन्।
हालै मुम्बईमा सम्पन्न ल्याक मी फेसन विकमा प्रस्तुत भएकी कंगनालाई त्यहाँ पत्रकारले बिहेको बारेमा सोधे । त्यतिवेला उनले आफ्नो बिहे मिति तोकेकी हुन् । ‘मलाई अर्को वर्षको फेबु्रअरीसम्म समय दिनुस् । म विवाहित भइसकेकी हुनेछु ।’ उनले भनिन् ।
खास कंगनाले आफू अभिनीत सिमरन फिल्म हिट भएमा सन् २०१७ भित्रै बिहे गरिहाल्ने घोषणा गरेकी थिइन् । तर, उनको सिमरन फ्लप भयो । फिल्मले बक्स अफिसमा कुनै कमाल देखाउन नसकेकाले पनि आफ्नो बिहे पर सरेको दाबी कंगनाको छ ।nayapatrika

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।