सैघाली खबर,
घोराही,२५ माघ ।
नेपाल प्रेस युनियन दाङले विभिन्न ब्यक्तिहरुलाई स्वागत तथा सम्मान गरेको छ । युनियनले एक कार्यक्रमका विच स्वागत तथा सम्मान गरेको हो
।युनियनका अध्यक्ष सुशिल बस्नेत र उपाध्यक्ष बसुन्धरा गौतमले राष्ट्रिय सभा सदस्य अनिता देवकोटा,प्रदेश सभा सदस्य समानुपातिक अर्जुनकुमार श्रेष्ठ,गरिवसग बिशेस्वर दाङका सयोजक सुदिप गौतम,वडा सदस्य सुरेश श्रेष्ठ र सुबास डाङी,डब्लु डब्लु जेका प्रदेस सयोजक लिला शाहलाई टिका, माला र खादा ओढाएर स्वागत गर्नु भएको हो ।
अवसरमा नागरीक दैनिकमा पदोन्नती भएका देवेन्द्र बस्नेतलाई पनि सम्मान गरीएको थियो । कार्यक्रममा सम्मानित ब्यक्तिहरुलाई वधाई तथा शुभकामना दिदै सफल कार्यकालको कामना गरीएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।