एमाले निर्वाचन परिचालन कमिटीको बैठक 



दाङ, घोराही २९।नेकपा एमाले घोराही उपमहानगरपालिकोको निर्वाचन परिचालन कमिटीको बैठक नेकपा एमाले जिल्ला पाटी कार्यालयमा सम्पन्न भएको छ । दोस्रो चरणमा हुन लागेको स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै घोराही क्षेत्रमा आफ्नो प्रभाव कायम राख्न उपमहानगरपालिका निर्वाचलन परिचालन कमिटीले बैठकको आयोजना गरेको हो । नेकपा एमाले स्थायिक कमिटी सदस्य शखर पोखरेल र केन्द्रिय सदस्य सुजिता शाक्यको विशेष उपस्थितीमा बैठकको आयोजना गरिएको थियो । बैठकका निर्वाचनलाई एमालेमय बनाउन केकस्ता सकारात्मक गतिविधि गर्न सकिन्छ भन्ने विषयमा नेताहरुले छलफल गरेको निर्वाचन परिचालन समितीका संयोजक लक्ष्मण आचार्यले जानकारी दिनुभयो ।

sdr

यस्तै नेकपाएमालेका नेता शंखर पोखरेल र सुजिता साक्यको विशेष उपस्थितीमा दिउसो एमाले जिल्ला पाटी कार्यलयमा घोराही उपमहानगरपालिकाका मेयर उपमेयरका प्रत्याशि सहित १९ वटै वडाका वडा अध्यक्ष र सदस्यहरुको सहभागितामा प्रशिक्षणात्मक कार्यक्रम चलिरहेको निर्वाचन परिचा कमिटीका संयोजक आचार्यलय जानकारी दिनुभयो । यस्तै नेकपा एमाले निकट बुद्धिजीवि प्राध्यापक संघ दाङ जिल्ला कार्यसमितीको आयोजनामा चुनाव केन्द्रित कार्यक्रम आयोजना हुन थालेको छ । संघका अध्यक्ष पहलबहादुर डागीले उपस्थितीका लागि सबैमा अनुरोध गर्नुभएको छ । यस्तै एमाले घोराही उपमहानगरपालिकाले आज बेलुका नारायणपुर र ढिकपुरका विभिन्न गाउँहरुमा चुनावसभा गर्ने भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्