सैघाली खबर,
दाङ,२५ माघ ।
प्रदेश नम्बर ५ बाट राष्ट्रियसभामा निर्वाचित सदस्यहरुलाई बिहीबार बिहान प्रमाणपत्र प्रदान गरिएको छ । निर्वाचन अधिकृत हेमन्त रावलले दाङ देउखुरी जिल्ला अदालत परिसरमा निर्वाचित सबै सदस्यहरुलाई टीका र खादा लगाएर प्रमाणपत्र प्रदान गरे ।
प्रदेश ५ मा एमालेले ४ तथा माओवादी र कांग्रेसले दुई– दुई सदस्य जितेका छन् ।निर्वाचित सदस्यहरुलाई प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ र निर्वाचन कार्यालय प्रमुख विजयकुमार कार्कीले बधाइ तथा शुभकामना दिएका थिए ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।