पार्टी एकता बारे ओली र प्रचण्डको यस्तो सहमति



सैघाली खबर,
काठमाडौं,२५ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

ललितपुरको मानभवनमा बिहीबार बिहान भएको भेटमा राष्ट्रिसभाको चुनावको परिणाम, सरकार गठन र पार्टी एकताबारे छलफल भएको थियो । भेटमा दुवै नेताले वैचारिक सिद्धान्त र अन्य प्राविधिक समस्या समाधान गरेर छिटो पार्टी एकता गर्नुपर्नेमा जोड दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

पार्टी एकताको लागि संयोजन समितिले गरिरहेको प्रगति र समसामयिक अन्य विषयमा पनि दुई नेताबीच छलफल भएको थियो ।

भोलि एकता संयोजन समितिको बैठक बोलाउन र बैठकमा एकता प्रक्रियाको प्रगतिको समीक्षा गरी आगामी कार्यभारबारे छलफल गर्न दुवै नेता सहमत भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्