सैघाली खबर,
तुलसीपुर २५ माघ ।
तुलसीपुरमा दश दिने छापा स्क्रीन प्रिन्ट तथा छापाखाना सम्बन्धि तालिम शुरु भएको छ । तुलसीपुर मिडियाको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा तालिम शुरु भएको हो । तालिमको बिहिबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । प्रशिक्षक हरि डाँगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका ५ का तालिम संयोजक शुरेस श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अबशरमा प्रमुख अतिथि श्रेष्ठले तुलसीपुरमा पहिलो पटक यस्तो तालिमको आयोजना गरिएको वताए । यस अघि छापाखाना सम्बन्धि कुनै पनि तालिम प्रभाबकारी रुपमा सञ्चालन नभएको भन्दै वडाको बजेटबाट उक्त तालिमको आयोजना गरिएको वताए । छापाखाना सम्बन्धि सीप सिकेमा सहजै रोजगार प्राप्त गर्न सकिने भन्दै उक्त तालिमको आयोजना गरेको उनले वताए । यस्ता तालिमहरुलाई अझै निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा बिशिष्ट अतिथि तुलसीपुर उपमहानगरपालिका ५ की वडा सदस्य साबित्रा गुरुङले बेरोजगारी घटाउन यस्तै थुप्रै तालिमको आयोजन गरिएको समेत जानकारी दिईन् । सिकेको सीपलाई व्यबहारमा उतार्न सके यहाँको बेरोजगारीको संख्या न्यूनिकरण हुने उनको भनाई थियो । तुलसीपुर ५ की सामाजिक परिचालक गंगा हमालले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा तुलसीपुर मिडियाका प्रकाश डाँगीले धन्यवाद ब्यक्त गरेका थिए भने गोपाल शर्मा भट्टराईले सहजीकरण गरेका थिए । तालिममा ३० जना महिलाको सहभागीता रहेको छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिका वडा ५ मा निःशुल्क कम्युटर तालिम दिन सुरू गरिएको छ । वडा नम्बर ५ को आर्थिक सहयोगमा सोती कम्प्युटर सेन्टरको तालिम दिन सुरू गरेको हो । कम्प्युटर सेन्टरका संचालक बिक्रक सोतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तालिम संयोजक सुरेस श्रेष्ठले तालिमको उद्घाटन गरेका हुन् । सामाजिक परिचालक गंगा हमालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा वडा सदस्य सावित्रा गुरूङ,अजय बुढाथोकी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण मेघराज डाँगीले गरेका थिए । तीन महिना सम्म सञ्चालन हुने तालिममा ३० जनाको सहभागीता रहेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।