सैघाली खबर
दाङ , २५ माघ । सैघाली मिडिया ग्रुप प्राली अध्यक्ष तथा संचालित सैघाली खबर अनलाईन पत्रिकाका सञ्चालक यादव सैघालीले नृत्य बिद्याको महासंग्राम पिएमपी डान्स आइकन दाङ सिजन २ को ग्राण्ड फिनालेलाई भव्यरुपमा सम्पन्न गर्नका लागि आकर्षक पुरस्कार प्रदान गर्नुहुने भएको छ ।
सामाजिक र साँस्कृतिक संरक्षणमा सक्रिय सैघालीले दाङको कला संस्कृति संरक्षणका लागि विगत देखी सक्रिया भुमिका निर्वाह गर्दै आईरहनु भएको छ ।
साथै उहाँले केही समय अघि छायाँकन गरिएको नेपाली
कथानक चलचित्र पर्शुराममा पनि सहयोगीको भुमिका निर्वाह गर्नुभएको थियो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।