महायज्ञको सम्पन्न



सैघाली खबर
दाङ, २५ माघ । जनकल्याण मावि दुधरासले प्राविधिक शिक्षा सञ्चालनको उद्देश्यले आयोजना गरेको श्रीमद्भागवत ज्ञान महायज्ञ विहिवार सम्पन्न भएको छ । यही माघ १८ गते देखी हप्तादिने महायज्ञको सातौ दिन विहिवार सम्पन्न भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

महायज्ञ मुल आयोजक समितिका संयोजक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज विश्वकर्माले महायज्ञको समापनको दिन विहिवार विष्ण्ुा , गिरिराज र नारायण रिजालले १ लाख ५१ हजार, ५ सय ३० रुपैयाँ, नारायण पोख्रेल , उहाँका छोरा मदन पोख्रेल र बुहारी लालिका पोख्रेलले १ लाख १ हजार १ सय ५ रुपैयाँ , सुर्य बहादुर डाँगीले १ लाख , ५० हजार ५ रुपैयाँ र युवराज गौतमले १ लाख ५ हजार ५ रुपैयाँ नगद दान गरेको महायज्ञ मुल आयोजक समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिनुभयो ।

महायज्ञको सम्पूर्ण दान संकलन हिसाव किताव मिलाउने काम भईरहेकाले हिसाव विवरण तयारी पछि आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजानिक गर्ने विश्वकर्माले जानकारी दिनुभयो । आज शुक्रवार दिउँसो महायज्ञको एक कार्यक्रमको विच औपचारिक रुपमा समापन गरिने भएकाले सम्पूर्ण महानुभावमा उपस्थितीका लागि पनि आयोजकले सवैमा अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्