दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिला प’क्राउ



काठमाडौं   । धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । धादिङको गल्छी गाउँपालिका ६ बैरेनीमा प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने लमजुङकी ४० वर्षीया महिला कल्पना शाखी प’क्राउ परेकी हुन् ।

उनले गोहोरो मारी छाला काढेर मासु पाइन्छ भन्दै  भिडियो बनाएर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेकी थिइन्। प’क्राउ परेकी महिला लमजुङ घर भई धादिङको बैरेनी डेरा गरी बस्‍ने रहेको पनि जिल्ला वन कार्यालय धादिङका प्रमुख (डिएफओ) शोभा सुवेदीले जानकारी दिइन्। 

सुवेदीका अनुसार उनको साथबाट गोहोरोको छाला पनि बरामद गरिएको छ। ती महिला अहिले जिल्ला वन कार्यालयको हिरासतमा रहेको र थप अनुसन्धान भइरहेको बताइएको छ। 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्