सैघाली खबर,
तुलसीपुर २६ माघ ।
तुलसीपुर ६ बरुवागाउँमा रहेको गोर्खा सेकेन्डरी स्कुलले सातौ बार्षिकोत्सव मनाएको छ । बिहिबार एक कार्यक्रम गरी स्कुलले बार्षिक उत्सब मनाएको हो ।
त्यस अबशरमा बक्ताहरुले किताबी ज्ञान लिएर मात्रै अब बजारमा टिक्न र बिक्न नसकिने भन्दै अत्तिरिक्त ज्ञान आबश्यक रहने वताएका थिए । पढाई शैलि पनि प्रबिधियुक्त बनाउनु पर्ने वताएका थिए ।
उनीहरुले अब परम्परागत शिक्षाबाट दक्ष जनशक्ति उत्पादन गर्न नसकिने भन्दै आधुनिक शैलि अपनाउनु पर्ने वताएका थिए । गोर्खा गु्रपका अध्यक्ष मान बहादुर बुढाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
गोर्खा ग्रुपका निमित्त कार्यकारी अधिकृत दुर्गा केसीले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले बिद्यार्थीहरुको शिक्षा सुधारमा अभिभाबकको भुमिका पनि उत्तिकै महत्वपुर्ण रहने वताएका थिए । उनले आफ्ना छोराछोरीको शिकाईका बारेमा जानकार हुनुपर्ने वताएका थिए ।
नागरिक समाज दाङका संयोजक तथा स्कुलका सल्लाहकार टिकाराम रेग्मी, नेपाल संस्कृत बिश्वबिद्यालयका परिक्षा नियत्रक निल प्रशाद सापकोटा, प्यावसन दाङका उपाध्यक्ष मधु केसी, अभिभाबक कमल भुषाललगायतले बिद्यालयको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा बिद्यालयको प्रगति प्रतिबेदन प्रिन्सीपल बिजय जिएमले प्रस्तुत गरेका थिए । त्यस्तै कार्यकारी अधिकृत नवल जिएमले भाबि योजना तथा कार्यक्रम प्रस्तुत गर्दै आफैले रोजगार शिर्जन गर्न सक्ने जनशक्ति बिद्यालयबाट उत्पादन गर्नेगरी अध्यापनलाई अगाडि बढाउने योजना बनाएको बताए ।
उनले अब प्रबिधियुक्त,व्यबहारिक ढंगबाट पठनपाठनलाई अगाडि बढाउने वताएका थिए । कार्यक्रमको सहजीकरण शिक्षक कमल भण्डारी र माबि कोर्डिनेटर लोकमान रिजालले गरेका थिए । कार्यक्रममा बिद्यार्थीहरुले हस्तकलाबाट निर्माण गरेका बिज्ञान प्रदशनी गरेका थिए भने बिभिन्न प्रस्तुती पनि राखेका थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।