सैघाली खबर,माघ २६, काठमाडौं ।निर्वाचन आयोगले शुक्रबार प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँड गर्ने भएको छ। समानुपातिकतर्फको एक सय १० सिट बाँडफाँड गरेर दलहरुलाई पत्र पठाउन लागेको अयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। समानुपातिकको बन्दसूचीबाट कल्स्टरका आधारमा नाम छनौट गरेर पठाउन तीन दिनको समय दिइने आयोगले जनाएको छ।
प्रतिनिधिसभाको मतगणना मंसिरको अन्तिम साता नै सकिए पनि संघीय संसदमा महिलाको प्रतिनिधित्व कम्तिमा ३३ प्रतिशत हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण आयोगले अहिलेसम्म समानुपातिकको सिट निर्धारण गरेको थिएन।
प्रतिनिधिसभाको समानुपातिकको एक सय १० सिटमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र फोरम तथा राजपाले ६–६ सिट पाउनेछन्। दलहरुले संघीय संसदमा पाएको सिट संख्याका आधारमा कम्तिमा ३३ प्रतिशत महिला हुने गरी आयोगले दलहरुलाई पत्र पठाउन लागेको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।