सपना पौडेल
गढवा २६ माघ।
शुभतारा अङ्ग्रेजी माध्यामिक विद्यालय गढवाले आज वाषिर्कोत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालयले आफ्नो ८औ वाषिर्कोत्सव तथा अभिभावक भेला कार्यक्रम गढवा मा सम्पन्न गरेको हो ।
शुभतारा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष लेख बहादुर थापाको अध्यक्षता तथा गढवा गाउँ पालिकाका अध्यक्ष सहजराम यादब को प्रमुख आतिथ्य, र शिक्षक अभिभावक संघ को अध्यक्ष देवराज कुवरको विशिष्ट आतिथ्य मा भएको कार्यक्रममा शुभकामना मन्तव्य दिदै विद्यालयले गरेको शैक्षिक प्रगति को प्रसम्सा गर्दै आगामी दिनमा अझ वढि जिम्मेवार भइ शैक्षिक विकासको लागि नविनतम प्रविधिको प्रयोग बाट विधार्थीलाई पठन पाठन गर्नु पर्ने कुरामा जोड दिएका थिए ।
प्रमुख अतिथि गढवा गाउँपालिका का अध्यक्ष सहजराम यादवले गुणस्तरीय शिक्षा दिन गढवा गाउँपालिकाले अब यहि चैत्र महिना मा सम्पुर्ण शिक्षा संग सम्बन्धित सरोकारवाला हरु को भेला बोलाइ गठन गरिएको शिक्षा येन कार्यन्वयन को लागि अगाडि बढने वाताउनु भएको छ । उहाले अब शिक्षाको क्षेत्रमा भएको समस्या र चुनौतीको खोजी गरि समाधानको लागि दिगो उपायको खोजी गर्नु पर्ने बताउनु भयो ।
मन्तव्य दिने क्रममा जनज्योति विद्यालयका प्रधानाध्यापक राम बहादुर यादव ,बुद्ध ज्योति माध्यामिक विद्यालयका प्रधानाध्यापक नवराज देवकोटा , मन्साराम चौधरी ,महराज दिन यादव,राप्ती साउथन बोर्डिङ स्कुलका प्रधानाध्यापक राजपाल यादव , रेडियो साझा आवाज का समाचार सम्पादक दुखहरण यादव , दयाराम थापा , हिरालाल चौधरी अभिभावक सरस्वता पौडेल , गोविन्द वलि,लगाएतले शुभकामना ब्यक्त गर्नु भएको थियो ।
विद्यालयको आर्थिक तथा प्रगति प्रतिवेदन प्रधानाध्यापक विकाश रजौरेले प्रस्तुत गर्नु भएको थियो । विद्यालयकि छात्रा ऋतु यादव को स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रम को संचालन शिक्षक माधव शर्मा र शिक्षिका प्रतिमा केसीले संचालन गर्नु भएको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।