भूकम्पपीडितले दोस्रो किस्ता रकम बुझ्ने समय थपियो,कहिले पाउदैछन त रकम



सैघाली खबर,काठमाडौँ,२६ माघ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपीडित नागरिकले निजी आवास पुनर्निर्माणका लागि दोस्रो किस्ता रकम लिने समय थप गरेको छ। प्राधिकरण निर्देशक समितिको बैठकले चैत मसान्तसम्म दोस्रो किस्ता रकम बुझ्न पाउने गरी समय थप गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले पुस मसान्तसम्म कायम रहेको समय तीन महिना थप गरेको हो।

अब पहिलो किस्ता रकम लिएका र दोस्रो किस्ताका लागि मापदण्ड पुगेका निजी आवास पुनर्निर्माण गरिरहेका नागरिकले चैत मसान्तसम्म दोस्रो किस्ता रकम लिइसक्नु पर्नेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्