टप फिचर

भजनी नगरपालिकामा रहेको दिगो विकास समाज संस्थाले सहकारी सामाग्री हस्तान्तरण

By Thaha - Online

July 07, 2021

कैलालीको भजनी नगरपालिकामा रहेको दिगो विकास समाज संस्थाले सहकारी संस्थाहरूलाई कार्यालय प्रयोजनका सामाग्री हस्तान्तरण गरेको छ । एक कार्यक्रममा बिच उनीहरूलाई कार्यालय प्रयोजनका सामाग्री हस्तान्तरण गरेको हो । वर्ल्ड भिजन इन्टनेशनल नेपाल र दिगो विकास समाज कैलालीको संयुक्त पहलमा सहकारी संस्थालाई ल्यापटप, प्रिन्टर, दराज, कार्पेट लगायत कार्यालय प्रयोजनका सामाग्री हस्तान्तरण गरिएको थियो ।

घोडाघोडी नगरपालिका वडा नं.४, भजनी नगरपालिकाका वडा नं.४ र गौरीगङ्गा नगरपालिका वडा नं.११ का दुई गरी ६ वटा वटा सहकारी संस्थालाई करिब १ लाख ११ हजार बराबरको कार्यालय प्रयोजनका सामाग्री हस्तान्तरण गरिएको संस्थाले जनाएको छ । सहकारीको क्षमता विकास गरी विपन्न वर्गलाई सहजपुरमा ऋण सुविधा उपलब्ध गराउन सहज होस् भन्ने उद्देश्यले प्रयोजनका सामाग्री हस्तान्तरण गरेको पोषण तथा उत्थानशील जिविको पार्जन परियोजनाका अधिकृत प्रभु नाथ ढकालले जानकारी दिए ।

प्रयोजनका सामाग्री हस्तान्तरण कार्यक्रममा घोडाघोडी नगरपालिकाका सहकारी शाखाका प्रमुख उत्तम कुँवर र परियोजनाका अधिकृत प्रभु नाथ ढकालले सहकारी संस्थाका प्रतिनिधिहरूलाई सामाग्री हस्तान्तरण गरेको थिए । दिगो विकास समाज भजनी र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीद्वारा सञ्चालित पोषण तथा उत्थानशील जिविको पार्जन परियोजनाले कैलालीका विभिन्न पालिकाहरूमा स्थानीय सरकार सँगको समन्वयमा आफ्ना विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।