दुर्घटना न्यूनिकरण गर्न चालकको प्रेसर चेक



प्रेम पुन
घोराही २६ माघ।

सवारी दुर्घटना न्यूनिकरण गर्न आज पश्चिम दाङका सवारी चालकहरूको व्लड प्रेसर चेक गरिएको छ । इलाका प्रहरी कार्यालय हेकुली, स्वास्थ्य चौकी हेकुली र अस्थाई ट्राफिक प्रहरी पोष्ट खिलतपुरको समन्वयमा हेकुली चोकमा चालकको व्लड प्रेसर चेक गरिएको हो । प्रेसरका कारण टाउ दुख्ने, रिङगटा लाग्ने समस्या हुने र यसैका कारण दुर्घटना वढ्ने भएकाले आज देखि यस्तो कार्य गर्न थालेको इलाका प्रहरी कार्यालय हेकुलीका सहायक प्रहरी निरिक्षक वसन्त कुमार वलीले जानकारी दिनुभयो ।

व्लड प्रेसर सन्तुलित नभएका चालकलाई निशुल्क औषधी समेत वितरण गरिएको सहायक प्रहरी निरिक्षक वलीले वताउनु भयो । साथै सहायक प्रहरी निरिक्षक वलीले विभिन्न ठाउँमा यस्ता खालका कार्यक्रम गर्ने वताउनु भयो । यस कार्यक्रमलाई यात्रुहरूले सकारात्मक रूपमा हेरेको पत्रकार प्रेम पुनले जानकारी दिनुभयो ।।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्