समिक्षा गाहा ,घोराही २६ माघ।
सर्वसाधारणको सूचना प्रविधिमा पहुँच अभिवृद्धी गर्नै नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालय जिल्ला हुलाक कार्यलय दाङले सञ्चालनमा ल्याएको टेलिसेन्टर सेवा प्रभावकारी बन्न सकेको छैन ।
फोटोकपी, लेमिनेशन, फ्याक्स, कम्प्युटर, प्रिन्ट, टेलिफोन, स्क्यानिङ र इन्टरनेट सेवा उपलब्ध गराउनका लागि खोलिएका टेलिसेन्टर मध्ये तुलसीपुर क्षेत्रमा शहरी क्षेत्र भएका कारण र हेकुलीमा बिद्युत भोलटेजको कमीका कारण सेवा प्रवाहकारी बन्न नसकेको र अन्य क्षेत्रमा भने ठिकै रहेको जिल्ला हुलाक कार्यलय अधिकृत शोभाराम बस्नेतले जानकारी दिनु भयो। । बजारमा टेलिसेन्टरले निर्धारण गरेको दर निजी क्षेत्रको भन्दा कम भए पनि जानकारीको अभावमा सेवाग्राही नआउँदा टेलिसेन्टर सेवा सञ्चालन गर्न कठिनाइ हुन थालेको बताउनु भयो।
द्याङका बिभिन्न स्थानमा करीब २०६६,०६७ मा स्थापना गरीएको टेलि सेन्टरको सेवा प्रभाकारी भए पनि सेवा ग्राही ह? सेवा लिन नजादा अल्पत्र बन्ने अबस्थामा पुगेको हो। द्याङका रामपुर इलाका हुलाक , तुलसीपुर इलाका हुलाक, जुम्लेपानी इलाका हुलाक , हेकुली इलाका हुलाक,भालुवाङ इलाका हुलाक,मानपुर इलाका हुलाक, लमही इलाका हुलाक गरी जम्मा सात ठाउमा बिस्तारीत रहेका छन। अन्य ठाउको तुलनामा तुलसीपुर र हेकुलीमा सेवा प्रभाबकारी बन्न नसकेको बताउनु भयो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।