टप फिचर

दार्चुलाको नौगाडमा पहिरो : ३ जनाको मृत्यु

By Thah Online

July 08, 2021

कैलाली ।  दार्चुलामा पहिरोले पुरिएर एकै परिवारका दुईसहित तीन जनाको मृत्यु भएको छ । नौगाढ गाउँपालिका-३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा दुई जना र पहिरोमा परेर थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोले घर पुरिँदा ७२ वर्षीय गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मञ्जरी ठगुन्ना र सोही ठाउँकी २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी उपरीक्षक मनोहर भट्टले बताए ।

उनीहरू तीनै जनाको शव पहिरोबाट निकालिएको छ । पहिरोमा परेर नौगाढ गाउँपालिका-३ कै १८ वर्षीय हरमती ठगुन्ना सामान्य घाइते भएको उनले बताए ।