३ सय किलो वजन भएकी अमिताले तौल घ’टाएर ८६ किलोमा झ’रिन !



भारतकी ४२ बर्सिया अमिता राजानी नाम गरेकी एक महिलाले ४ वर्षमा ठुलो मेहनत गरेर आफ्नो ३०० किलोको तौल घटाएर ८६ किलोमा झारेकी छिन। उनी जन्मँदा आम बच्चा जस्तै सामान्य थिइन् उनको जन्मँदाको तौल मात्र ३ किलो थियो ।

तर बढ्दो उमेर सँगै उनको शारीरिक तौल असामान्य रूपमा बढ्दै गए पछि उनले मानसिक तनाव खेप्दै आएकी थिइन् । अमिता १६ वर्षको हुँदा उनको तौल १२६ किलो थियो। जुन शारीरिक तौल देखेर उनलाई त्यति बेला निकै नै आत्मग्लानि हुन्थ्यो रे ।

उनको मोटोपनको कारण भारत तथा युकेका प्रमुख डाक्टरले समेत पत्ता लगाउन सकेन । त्यस पश्चात् लीलावती अस्पताल र हिंदुजा हेल्थकेयर सर्जिकल अस्पतालमा कार्यरत डा . शशाङ्क शाहले अमितालाई मार्बिड ओबेसिटीको समस्या भएको र अन्य थुप्रै स्वास्थ्य सम्बन्धी रोगहरू लागेको कुरा पत्ता लगाए ।

अत्यधिक मोटोपनको कारणले गर्दा कोलेस्टरेल , मधुमेह , निमोनिया , मिर्गौला सम्बन्धी रोग , मानसिक तनाव जस्ता विभिन्न समस्या अमिनता विगत लामो समयदेखि गुज्रिरहेकी थिइन् । अमिताको वजन घटाउनका लागि २ चरणमा सर्जरी गराइएको थियो ।

पहिले मेटाबोलिक सर्जरी गराए पछि उनको शरीरमा सुधार आउँदै गएपछि दोस्रो पटकको सर्जरीमा उनको ग्यास्ट्रिक बाइपास गरिएको हो। उक्त समयमा अमिताको शारीरिक तौल ३०० केजी बाट घटेर १४० पुगेको थियो । अन्त हाल सम्म आइपुग विभिन्न सर्जरी र शारीरिक व्यायामले गर्दा उनले ३०० बाट आफ्नो शरीरको २१४ किलो वजन घटाई ८६ किलोमा आएकी हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्