कम्युनिस्ट पार्टी निर्माणमा देखिएका समस्या



विश्वमा कम्युनिष्ट पार्टी निर्माणका सवालमा लेनिन र माओको मृत्यु पछाडी गम्भीर समस्याहरु पैदा भएका छन् । आजको उत्पादन सम्बन्ध र उत्पादक शक्ति अनुकूल वा समग्र प्रणाली अनुकूल राजनैतिक कार्यदिशा अभावका कारण नेपाल, भारत, टर्की, फिलिपिन्स र पेरु आदी देशहरूमा संचालित विद्रोहहरू सफलतातिर पुगेका छैनन् ।

लेनिनका अनुसार कम्युनिष्ट पार्टी सर्वहारा वर्गको अग्रदस्ता, क्रान्तिको साधन र नेताहरुको संगठनका रुपमा परिभाषित भयो । तर आज संसारभर यही मापदण्डका आधारमा पार्टी बनाइएन र हाम्रो यो अवस्था भयो । अर्को कुरा लेनिनले वस्तु या पार्टी विपरितहरूको एकत्वका रूपमा संश्लेषण गर्नु भयो तर हामीहरु एक समयका सहयात्रीहरू पनि विघटित भएका छौं ।

जसले हामी लेनिनको संस्लेषण भन्दा भिन्न स्थानमा पुगेपछि कम्युनिष्ट पनि रहेनौं । यो कुरा भने सत्य हो । क. माओले एक वस्तु दुई भागमा विभाजनका रुपमा संस्लेषण गर्नुभयो तर हामीले विभाजन आफैलाई गरे पछि एक वस्तुमा हुने गुण नै समाप्त गरेपछि हामी एक वस्तु या पार्टीका रुपमा नेपालमा मात्र होइन विश्वमै रहेनौं ।

कम्युनिष्ट पार्टी जातीय र लिंगीय नभई क्रान्तिको साधन भएकाले आज पनि नेपालमा बनाउन खोज्नेहरुको अवधारणा हेर्दा पार्टी होइन मोर्चा बनाउने तयारी देखिन्छ । अब पनि नेपालमा मोर्चा निर्माणको चरणमा हामी छौं भने समाजवादको सम्भावना देखिँदैन । कम्युनिष्ट पार्टीको निर्माण बिना, नेताहरुको संगठनलाई सर्वहारा वर्गको अग्रदस्तामा रुपान्तरण नगरी कस्ले गर्छ समाजवादी क्रान्ति ?

क. माओले ‘तीनमा एक’को अवधारणा अगाडी सार्नु भयो यो अवधारणाले पनि कम्युनिष्ट पार्टीलाई जातीय र लिंगीय बनाउने कुराको विरोध गरेको छ । तर हामी भने त्यसैमा केन्द्रित भएपछि लेनिन र माओले गरेको संस्लेषण विपरित पार्टी बनाएपछि कसरी भयौं हामी लेनिनवादी र माओवादी ?

पार्टी निर्माणमै गम्भीर समस्याहरु पैदा भएका कारण नेपालमा पार्टी संचालन विधि र पद्धतिमा झन समस्याहरू नहुने कुरै भएन । जसका कारण सम्पूर्ण हिसाबले हामी विघटित अवस्थामा पुग्यौं । लेनिनले विधि तथा पद्धतिको सवालमा तीनवटा कुरा आफ्नो समयमा भन्नु भयो जो हामीले लागु गरेनौं । हामीले जनवादी केन्द्रीयता, आत्मालोचना र आलोचना तथा नेतृत्व छनोटको विधिकै सवालमा लेनिनवादी नभई मार्तोभकै तरिकामा लागे पछि नवसंसोधनवादमा पुगियो ।

पार्टी निर्माणका सवालमा विसर्जनवादी पद्धति र विधिको सवालमा नवसंसोधनवादमा गएकै कारण लक्षमा पुग्न सकेनौं । जनवादी केन्द्रीयता र आत्मालोचना तथा आलोचनाका सवालमा स्वेच्छाचारी भइसके पछि त्यसले छनोट गर्ने नेतृत्व पनि लेनिनले भने अनुसार हुने कुरा भएन । लेनिनका अनुसार नेतृत्व छनोटमा चार कुरा थिए ।

इमान्दारिता, सक्रियता वा निरन्तरता, समर्पित भावना र रचनात्मक क्षमता तथा कार्यदक्षताका आधारमा छान्ने कुरा नभै आजको बहस हेर्दा ४० वर्ष मुनिका युवाहरुको कुरा आउँदा नेताका छोरा, छोरी, बुहारी र नातीहरू सो उमेरका भएछन् भनेर जनताका छोराछोरीले किन नबुझ्ने ? कार्यकर्ता पनि आजसम्मको राजनीतिले लाटा पनि त छैनन् ।

महिला, दलित, आदिवासी र जनजातिका विषयहरु पनि छन्, जसका लागि पनि नेताका वरिपरी घुम्ने र घुम्न लगाउन सकिनेको छनोट आदी विषयले कम्युनिष्ट पार्टी र पद्धति निर्माणका विषयहरू नयाँ बहसका रुपमा र लेनिन र माओको संस्लेषणित विषयहरू हाम्रा मार्गदर्शन हुनुपर्छ । पार्टी नियन्त्रित, नेता नियन्त्रित, जननियन्त्रित या सर्वहारा मजदुर नियन्त्रित ?

कस्तो राज्य सत्ता निर्माण गर्ने आम बहसपछि संस्लेषण गर्न आवश्यक छ । बहसपछिीसंस्लेषण सहितको राजनैतिक कार्यदिशा बिना कम्युनिष्ट पार्टी र सत्तालाई विधि र पद्धतिमा कसरी चलाउन सकिन्छ ? चलाउन नसकिएको वर्तमान अवस्था यसैको कारण हो । आज आएर समस्याहरुको पहिचाहन भएको छ । अब हाम्रो दायित्व लेनिन र माओले गरेको संस्लेषणको जगमा टेकेर अलि माथी पुग्नु छ । तबमात्र हामी आफ्नो लक्ष्यमा सफल हुनेछौं ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्