सिक्टाबासीलाई बाढीकै चिन्ता उम्मेदवार संग बस्ती बचाई दिन आग्रह



जनक नेपाली
राजपुर,जेठ २८ । सिक्टा खोलाको मुहानमा पानी पर्दा सिक्टा स्थित गाउँलेको ध्यान खोलातिर केन्द्रित हुन्छ । कुन बेला बाढी गाउँ पसेर बगाएर लैजाने हो थाहै हुदैन । बर्षातको सिजन सुरु भए संगै रातभर जागराम बस्ने गाउँलेहरु कैयन रात राम्रो संग निदाउँन पाउँदैनन् । बरु खोलामा बाढी आउँदा पालैपालो खोलामा पहरा दिने गाउँलेहरु बर्षाे वितिसक्दा पनि बस्ति जोगाउँन त्यक्तिकै लागि परेका छन् । २० घर परिवार रहेको सिक्टा स्थित बनकट्टा गाउँलाई बचाउँन निकै समस्या भएको स्थानिय हर्क अधिकारीले वताउँनुभयो । बाढीमा बगाउँदा बर्षेनी ३/४ जनाको मृत्यु हुने गरेको वताउँदै खोलामा बगेर बर्षेनी गाउँले ज्यान फाल्दा समेत कसैले चासो दिएनन अधिकारीले भन्नुभयो ।

3
गाउँबाट जंगलमा दाउरा,घाँस गर्न हिडेका कतिपय महिलाहरु ज्यान समेत गुमाए अधिकारीले भन्नुभयो । बर्षातको समयमा बाढी पसेर गाउँलेहरुले दुःख पाएका छौ त्यसको नियन्त्रणको लागि पहल गर्न माओवादीका केन्द्रका उम्मेदवार संग गाउँलेहरुले माग गरेका छौ उहाँले अगाडी थप्नुभयो । पानी पर्दा स्कुलले बालबालिका स्कुल जान पाउँदैनन गएपनि फर्कने अबस्था छ उहाँले भन्नुभयो । खोलाका कारण वनकट्टी बस्ति नै जोखिममा रहेको भन्दै स्थानिय गाउँलले गाउँपालिकाका अध्यक्षमा उम्मेदवार संग बस्ति बचाउँन आग्रह गरेको वताउनुभयो । करिव ५० विगाह जमिन जोखिममा रहेको भन्दै त्यसले भविश्यमा ठुलै भौतिक तथा मानविय क्षति निम्त्याउँने खतरा देखिएको अधिकारीको भनाई छ ।

2
गाउँलेहरुले ले बाख्राँ पालन व्यावसाय गर्दै आएको बताउँदै गाउँलाई बाढीबाट जोगाउँन सके जिल्लाकै नमुनाका रुपमा पसुपालनको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने अर्का स्थानिय गाउँले भिम ओलीको भनाई छ । बनकट्टी गाउँले निकै सम्भावना बोकेका कारण बस्ति जोगाउँन तटबन्ध गरिदिन आग्रह गर्नुभयो । भारतीय भुमिसंग गाउँ जोडिएको बताउँदै भारतिय सिमा क्षेत्र सम्म सडक सञ्जालले जोड्न सके समग्र जिल्लाको विकास हुने ओलीको भनाई छ । माओवादी केन्द्र राजपुर राजपुर गाउँ पालिकका अध्यक्ष श्याम झाँक्रीले बस्ति संरक्षणका लागि गाउँ पालिकाले पहल गर्ने वताउनुभयो । स्थानिय सरकारको प्रमुखको नाताले गाउँ पालिकाको चुनाव जित्ने वित्तिकै पहिलोकामा बस्ति संरक्षणका लागि गर्ने वताउनुभयो । 1

वस्ति संरक्षणका लागि पहल गर्छाै महरा
नेकपा माओबादीका केन्द्रका केन्द्रिय सदस्य निर्मल महरा(एटम)ले बस्तिको संरक्षणका लागि केन्द्रिय स्तरबाटै पहल गर्ने वताउँनुभयो । महराले स्थानिय स्तरवाटै योजना छनौट गरी पठाउँन समेत आग्रह गर्नुभयो । निरन्तर रुपमा अर्थमन्त्रालय मार्फत राप्ती नदी नियन्त्रणका लागि बजेट व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै त्यसका लागि पनि पहल गर्ने वताउँनुभयो । माओवादीले संग्रग राप्तीको विकासका लागि पहल गर्दै आएको वताउँदै आउदो बजेट सम्म बस्ति संरक्षणका लागि तटबन्ध निर्माणको प्रकृया अगाडी बढाउँने विश्वास व्यक्त गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्